१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


माओवादी सांसद ल्ह्यारक्याल लामालाई अकूत सम्पतिसम्बन्धी मुद्दामा सफाइ


0
Shares

                                                                      फाइल फोटो
काठमाडौं, कात्तिक ३० । माओवादी केन्द्रका सांसद ल्ह्यारक्याल लामालाई विशेष अदालतले अकूत सम्पतिसम्बन्धी मुद्दामा सफाइ दिएको छ ।

विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई, न्यायाधीश प्रभा बस्नेत र महेशप्रसाद पुडासैनीको संयुक्त इजलासले मंगलबार लामालाई सफाइ दिएको हो ।

अकूत सम्पतिसम्बन्धी आरोप पुष्टि नभएको भन्दै अदालतले लामालाई सफाइ दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ल्ह्यारक्याल लामाविरूद्ध साढे ९ करोड रुपैयाँ स्रोत नखुलेको सम्पति रहेको दाबीसहित मुद्दा दायर गरेको थियो ।