२५ श्रावण २०८२, आइतबार | Mon Aug 11 2025


नक्कली डाक्टर बनेर विदेश पठाइदिने भन्दै ठग्ने वैद्य समातिए


0
Shares

काठमाडौं, कात्तिक ३० । नक्कली डाक्टर बनेर विदेश पठाइदिने भन्दै ठगी गर्ने अनुप गोविन्द वैद्यलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

वैद्यले ‘आफू बेलायतको पीआरधारी डाक्टर भएको र त्यहाँ काम लगाइदिने भन्दै ६ जनासँग लाखौं ठगी’ गरेको ललितपुर प्रहरीले जनाएको छ ।

वैद्यलाई नक्कली कागजपत्र बनाउन सहयोग गर्ने ललितपुरकै विकास महर्जनलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी परिसर ललितपुरले मोबाइल चोरी गर्ने सुमन आचार्य, ल्यापटप चोरी गर्ने तीनजना र मोटरसाईकल चोरी गर्नेलाईसमेत पक्राउ गरेको छ ।