१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


आतंकवादविरुद्धको संघर्षमा ट्रम्पसँग गठबन्धन हुन्छ: सिरियाली राष्ट्रपति


0
Shares

काठमाडौं, मंसिर १ । सिरियाका राष्ट्रपति बसर अल असादले आतंकवादविरुद्ध लड्न अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग गठबन्धन बन्न सक्ने बताएका छन् ।

ट्रम्पले चुनावी अभियानमा आतंकवादसँग लड्न गरेको प्रतिबद्धता पूरा गरे उनीसँग स्वाभाविक गठबन्धन बन्ने सिरियाली राष्ट्रपतिको भनाई छ ।

पोर्चुगलको सरकारी टेलिभिजनसँग कुरा गर्दै असादले सिरियाप्रतिको वर्तमान अमेरिकी नीतिको आलोचना गरे ।

अमेरिकाले आफूलाई विश्वको पहरेदार ठानेको उनको आरोप थियो । यसअघि ट्रम्पले सिरियाली सेना र आईएस लडाकुलाई रोक्नु पागलपन हुने भन्दै सिरियाली संघर्ष रुससँगको संघर्षको रुपमा अगाडि बढ्ने हुने बताएका थिए ।

अमेरिकाले अहिले सिरियामा सक्रिय आईएस र जिहादी विरुद्ध आक्रमण गरिरहेको छ भने असादविरुद्ध सक्रिय मध्यमार्गी विद्रोहीलाई सहयोग गरेको छ ।

असादले भने मध्यमार्गी विद्रोहीलाई आतंकवादी समुह भन्दै आएका छन् । सिरियामा सन् २०११ को मार्च यता असादको शासन विरुद्ध चलेको संघर्षका कारण ३ लाखभन्दा भन्दा बढीको मृत्यु भइसकेको छ ।

आधा भन्दा बढी जनसंख्या युद्धका कारण आफ्नो थातथलो छाड्न बाध्य भएका छन् । इस्लामिक अतिवादी समुह आईएसले सिरियाका धेरै भूभाग आफ्नो नियन्त्रणमा लिएर छुट्टै चुनौति दिइरहेको छ । (एजेन्सी