
काठमाडौं, मंसिर १ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले नेपाली क्रिकेटको विवादपछि बनाएको एडभाइजरी कमिटीको संयोजकमा विनयराज पाण्डे र बसन्त चौधरीलाई तोकेको छ ।
दुई महिनाअघि आईसीसीका प्रमुख कार्यकारी डेव रिचर्डसन र आईसीसीका कार्यकारी सदस्य इमरान ख्वाजालगायतको टोली आएर कमिटी बनाएको थियो ।
मंगलबार काठमाडौंमा बसेको आईसीसीका प्रतिनिधि र कमिटीको बैठकले कार्यविभाजन गरेको हो । योसँगै अब ६ सदस्यीय कमिटीले कामको जिम्मेवारी पाएको छ ।
कमिटीलाई आगामी असारभित्र निर्वाचन गर्दै नयाँ नेतृत्वको चुनाव गर्न समय दिइएको छ । कमिटीले क्रिकेटका अन्य गतिविधि भने गर्न पाउने छैन ।
कमिटीको सदस्यसचिवमा राष्ट्रिय टोलीका पूर्व कप्तान पवन अग्रवाल रहेका छन् भने प्रवक्तामा राष्ट्रिय खेलकुद परिषद्का प्रेस संयोजक रोहित दाहाल चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव चुडामणि पौडेल र क्यानका पूर्व कार्यवाहक अध्यक्ष दीपक कोइराला रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्