
काठमाडौं, मंसिर १ । विश्वकप फुटबल छनोटअन्तर्गत दक्षिण अमेरिकी समुहको खेलमा अर्जेन्टिना, ईक्वेडर र बोलिभिया विजयी भएका छन् ।
बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले कोलम्बियालाई ३-० ले हरायो । खेलमा अर्जेन्टिनालाई विजयी गराउन लियोनल मेस्सी, लुकास प्राटो र एन्गेल डि मारियाले एक/एक गोल गरे ।
जितसँगै अर्जेन्टिनाले विश्वकप छनोट चरणमा खेपिरहेको दबाब केही मत्थर गरेको छ । अघिल्लो खेलमा ब्राजिलसँग ३-० ले पराजित भएपछि अर्जेन्टिनाको चौतर्फी आलोचना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्