
काठमाडौं, मंसिर १ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले विभाजनकारी राष्ट्रवादबाट बच्नुपर्ने बताएका छन् ।
अमेरिकी राष्ट्रपतिका रुपमा आफ्नो अन्तिम विदेश भ्रमणमा ग्रीस पुगेका ओबामाले विभाजनकारी राष्ट्रवादबाट बच्नुपर्ने भन्दै धर्म र जातका आधारमा हुने विभाजनको पीडादायी खतराप्रति अमेरिका सचेत रहेको बताए ।
यस्ता मुद्धाले देश विकासलाई पछाडि धकेल्ने उनको भनाई थियो । ओबामाले बलियो र एकताबद्ध यूरोप एवं नेटो गठबन्धन अमेरिकाका लागि महत्वपूर्ण हुने जिकीर गरे ।
नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने चुनावी अभियानका क्रममा नेटोको भूमिकालाई लिएर आलोचना गरेका थिए ।
अमेरिकाले आफ्ना अन्तर्राष्ट्रिय सहयोगी राष्ट्रका नेताहरुलाई भविष्यमा पनि अमेरिकी प्रतिबद्धता सुनिश्चित गर्ने प्रयास स्वरुप ओबामा यूरोप भ्रमणमा निस्कनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्