२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख भुसाल पदमुक्त


0
Shares

काठमाडौं, असार २४ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसाल पदमुक्त भएका छन् ।

अघिल्लो सरकारका पालामा भएका सबै राजनीतिक नियुक्ति बदर गर्ने सरकारको निर्णयसँगै भुसाल आजबाट पदमुक्त भएका हुन् ।

प्रधानमन्त्री कार्यालयले शुक्रबार नै प्राधिकरणमा भुसाल पदमुक्त भएको जानकारी गराएको थियो । तर, भुसालले प्रधानमन्त्री कार्यालयको पत्र बुझाएका थिएनन् ।

उनले आजै पत्र बुझेर पत्रकार सम्मेलन गरी आफ्नो कार्यकालमा भएका कामबारे जानकारी दिने भएका छन् ।

नेपाली कांग्रेस निकट भुसाल गत वर्ष कात्तिक ६ गते प्राधिकरणको सीईओ नियुक्त भएका थिए । उनले आफ्नो कार्यकाल सफल र सन्तोषजनक भएको बताएका थिए ।