काठमाडौं, मंसिर १ । नेकपा माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको निधनमा शोक प्रस्ताव पारित गर्दै आजको संसद् बैठक स्थगित भएको छ ।
बैठक सुरु भएलगत्तै सभामुख ओनसरी घर्तीले शोक प्रस्ताव पढेर सुनाएकी थिइन् । प्रस्ताव पारित भएपछि अन्य कार्यसूचीमा प्रवेश नगर्ने प्रचलनअनुसार बैठक स्थगित भएको हो ।
क्यान्सरबाट पीडित सांसद पाण्डेको गत आइतबार निधन भएको थियो । संसद्को अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्ने भएको छ ।









प्रतिक्रिया दिनुहोस्