
काठमाडौं, मंसिर १ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले आफूलाई जोडेर प्रहरी संगठनकै बदनाम गराउने काम भइरहेकाले सचेत हुन आग्रह गरेका छन् ।
११ औं महानगरीय प्रहरी दिवसका अवसरमा बुधबार गरिएको कार्यक्रममा प्रहरी महानिरीक्षक अर्यालले आफ्नो नाम जोडेर दुस्प्रचारको काम भइरहेको भन्दै त्यस्ता हल्लाको पछि नलाग्न प्रहरी संगठनलाई नै आग्रह गरेका हुन् ।
उनले दुस्प्रचारको पछि नलागेर संगठनको कामलाई अघि बढाउन सुझाव दिए । महानिरीक्षक अर्यालले सामाजिक सञ्जालले ल्याएका विकृति हटाउन अब बहस गर्ने बेला आएको पनि बताए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक अर्यालले संगठनभित्र उत्कृष्ट काम गर्नेहरुलाई पुरस्कृत गरे । महानगरीय अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनाल उत्कृष्ट अपराध अनुसन्धान पुरस्कारबाट सम्मानित भए ।
त्यस्तै काठमाडौं प्रहरी परिसरका एसएसपी विक्रमसिंह थापा पनि उत्कृष्ट कार्य गरेको भन्दै सम्मानित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्