काठमाडौं, मंसिर १ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीको बुधबार बसेको संयुक्त बैठकले दुबै पार्टीको एकीकरणका लागि यही मंसिर ६ गते गरिने घोषणासभालाई व्यवस्थित र मर्यादित बनाउने निर्णय गरेको छ ।
धुम्बाराहीस्थित राप्रपा नेपालको कार्यालयमा बसेको बैठकले दुबै पार्टीबाट १२/१२ जनाको प्रतिनिधित्व हुने गरी केन्द्रीय कार्यसम्पादन समिति तथा १५०/१५० प्रतिनिधित्व हुने गरी केन्द्रीय कार्यसमिति बनाउने निर्णय गरेको छ ।
त्यसैगरी, एकीकरणपछि दुबै पार्टी एक भएको सूचना निर्वाचन आयोगमा दिनेबारेमासमेत छलफल गरिएको राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।
बैठकमा राप्रपा नेपालका नेतृत्व उपाध्यक्ष राजीव पराजुली तथा राप्रपाको नेतृत्व महामन्त्री तथा आपूर्तिमन्त्री दीपक बोहरालगायतका नेताहरू सहभागी थिए । रासस









प्रतिक्रिया दिनुहोस्