Logo २ आश्विन २०८२, बिहिबार | Fri Sep 19 2025


दक्षिण कोरिया, जापान र युएई विजयी


0
Shares

काठमाडौं, मंसिर १ । विश्वकप फुटबल छनोटअन्तर्गत् एसियाली समूहका खेलहरुमा दक्षिण कोरिया, जापान र युएई विजयी भएका छन् ।

समूह ‘ए’को खेलमा दक्षिण कोरियाले उज्वेकिस्तानलाई २–१ ले हरायो ।

यही समूहका अरु खेलहरुमा चीन र कतार तथा सिरिया र इरानले गोलरहित बराबरी खेलेका छन् ।

यस्तै, समूह ‘बी’को खेलमा जापानले साउदी अरबियालाई २–१ ले हराएको छ ।

यही समूहको अर्को खेलमा युनाइटेड अरब इमाइरेट्स (युएई)ले इराकलाई २–० ले हराउँदा थाइल्यान्ड र अष्ट्रेलियाले २–२ गोलको बराबरी खेलेका छन् ।