
काठमाडौं, मंसिर १ । मैत्रीपूर्ण फुटबलअन्तर्गत् मंगलबार राति भएको खेलमा इंग्ल्यान्ड र स्पेनले २–२ गोलको बराबरी खेलेका छन् ।
इंग्ल्यान्डमा भएको खेलमा घरेलु टोलीका लागि एडम लालाना र जेमी भार्डीले एक–एक गोल गरे ।
तर, इयागो आसपासले ८९औं मिनेट तथा इस्कोले अतिरिक्त समयमा गोल गर्दै हारको संघारमा पुगेको स्पेनलाई जोगाएका हुन् ।
मैत्रीपूर्ण फुटबलकै अर्को खेलमा इटाली र जर्मनीले गोलरहित बराबरी खेलेका छन् ।
यसैगरी, क्रोएसियाले नर्दन आयरल्यान्डलाई ३–० ले हराउँदा फ्रान्सले आइभोरी कोस्टसँग गोलरहित बराबरी खेलेको छ ।
रुसले रोमानियालाई १–० ले हराउँदा स्वीडेनले हंगेरीलाई २–० ले पराजित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्