भक्तपुर, मंसिर १ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले राप्रपा र राप्रपा नेपालबीच छिटै एकीकरण हुने बताएका छन् ।
रफत सन्चार क्लबले बुधबार भक्तपुरमा गरेको कार्यक्रमा उनले पार्टी एकीकरणका लागि पदीय बाँडफाँडसमेत मिलिसकेको बताए ।
आफू निर्देशन समितिको राष्ट्रिय अध्यक्ष र कमल थापा पार्टी अध्यक्ष बन्ने तय भएको राणाले जानकारी दिए ।
उनले अंगीकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री र सुरक्षा निकायका प्रमुखबाहेक अरु महत्वपूर्ण पदमा जान दिनेगरी संविधान संशोधनको तयारी भइरहेको पनि बताए ।









प्रतिक्रिया दिनुहोस्