
काठमाडौं, मंसिर १ । रेडबुल फुटसल लिग २०७३ अन्तर्गत् बुधबार भएका खेलहरुमा ह्वाइटहर्स फुटसल र शंखमूल फुटसल विजयी भएका छन् ।
समूह ‘ए’को खेलमा नीलोपुल, कपनको ह्वाइटहर्स फुटसलले सीतापाइलाको किकअफ फुटसललाई ५–४ ले हरायो ।
घरेलु टोलीलाई विजयी गराउन मन्जिल महर्जन र रितेश लामाले २-२ गोल गरे । यसैगरी, मनोज प्रजापतिले एक गोल थपे ।
कुनै समय ४–० ले पछि परेको किकअफ फुटसलका राज पौडेलले ह्याट्रिक गरे भने विजय श्रेष्ठले एक गोल थपे । यो जितसँगै ह्वाइटहर्स फुटसल समूह ‘ए’ को तेस्रो स्थानमा उक्लिएको छ ।
शीर्ष स्थानमा रहेको किकअफ फुटसलको ७ खेलबाट १८ अंक छ भने दोस्रो स्थानको बानेश्वर तथा तेस्रो स्थानको ह्वाइटहर्सकोे समान १३–१३ छ ।
बुधबारै भएको दोस्रो खेलमा शंखमूल फुटसलले ताहाचल फुटसललाई २–१ ले हरायो ।
शंखमूललाई विजयी गराउन सन्जोग चाम्लिङ राई र शेरबहादुर थापामगरले एक–एक गोल गरे । ताहाचलका विशाल गुरुङले एक गोल फर्काए ।
यो जितसँगै शंखमूल अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ७ खेलबाट उसको १६ अंक भएको छ ।
समान खेलबाट १४ अंक जोडेको कुमारी फुटसल दोस्रो स्थानमा छ । १३ अंक जोडेको ताहाचल तेस्रो स्थानमा छ भने चौथो स्थानको हरिसिद्धि फुटसलको ११ अंक छ । १० अंक जोडेको सामाखुसी फुटसल पाँचौ स्थानमा रहेको छ ।
यो खेलसँगै रेडबुल फुटसल लिग २०७३ को सातौं चरणका खेलहरु सकिएका छन् ।
प्रतिक्रिया दिनुहोस्