
फाइल फोटो
महोत्तरी, मंसिर १ । महोत्तरीको संग्रामपुरमा मोटरसाइकल दुर्घटनामा परी बुधबार एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।
मेघनाथ गोरहन्नाबाट जलेश्वरतर्फ जाँदै गरेको ज४प २०१८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही मोटरसाइकलका चालक मेघनाथ गोरहन्ना–१ का ३४ वर्षीय सिकिन्द्र साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
तीव्रगतिका कारण मोटरसाइकल दुर्घटनामा परेको बताइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्