
काठमाडौं, मंसिर २ । दार्चुलाको घुसा खण्डेश्वरी गाविसलाई छुट्टै गाउँपालिका बनाउन स्थानीय तह पुनर्संरचना आयोगको ध्यानाकर्षण गराउन स्थानीय अगुवाहरु काठमाडौंमा आएका छन् ।
दुर्गम घुसा खण्डेश्वरी गाविसलाई अरु गाविसमा मिसाएमा सेवा सुविधा पाउन असुविधा हुने भएकाले छुट्टै गाउँपालिका बनाउनुपर्ने माग स्थानीय अगुवाको छ ।
यसअघि उनीहरुले पुनर्संरचना आयोग तथा विभिन्न राजनीतिक दलका कार्यालयमा धर्नासमेत दिएका थिए ।
स्थानीय स्तरमा मागको सुनुवाई नभएकाले स्थानीय निकाय पुनर्संरचना आयोगलाई नै दबाब दिन आफूहरु काठमाडौं आएको उनीहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्