२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


मुस्लिम समुदायले उठाउँदै आएका माग सम्बोधन गराउन पहल गर्छुः अध्यक्ष अन्सारी


0
Shares

वीरगन्ज । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी विभिन्न आन्दोलनका क्रममा मुस्लिम समुदायले उठाउँदै आएका माग सम्बोधन गराउन आफूले पहल गर्ने बताएका छन् ।

मदर्सा अर्गनाइजेसनले वीरगञ्जमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष अन्सारीले मुस्लिम समुदायको समस्याहरु समाधानका लागि नै आयोगको गठन गरिएको भन्दै मुस्लिम समुदायको उत्थान र विकासका लागि काम गर्ने प्रतिवद्धता जनाए ।

अध्यक्ष अन्सारीले नेपालबाट साउदी अरेविया हज गर्न जानेहरुको कोटा १२ सयबाट बढाएर २२ सय पु¥याउन प्रयास भइरहेको पनि बताए ।