
काठमाडौं, मंसिर २ । भ्वाईस अफ चिल्ड्रेनले बालबालिकालाई पारिवारिक वातावरणमा राखेर हुर्काउनुपर्नेमा जोड दिएको छ ।
भ्वाईस अफ चिल्ड्रेनले आज राजधानीमा पत्रकार सम्मेलन गरी सम्मुन्नत विकासको आधार नै बालबालिका भएकाले उनीहरुलाई पारिवारिक वातावरणमा हुर्काउनुपर्ने बताएको हो ।
बालबालिकाको संरक्षण, विकास, शिक्षा, स्याहार र पोषण गर्ने पहिलो जिम्मेवारी बाबुआमाको भएको भन्दै बालमैत्री वातावरणमा हुर्कन पाउने बाल अधिकार सुरक्षित गर्न सुझाव दिएको छ ।
पारिवारिक संरक्षण बालबालिकाको जन्मसिद्ध अधिकार भए पनि विभिन्न कारणले बालबालिका परिवारविहीन भएकाले यस क्षेत्रमा काम गर्न पनि संस्थाले आग्रह गरेको छ ।
नेपालमा परिवार भन्दा बाहिर रहेका १५ वर्षभन्दा कम उमेरका बालबालिकाको संख्या ११ लाख रहेको छ ।
तीमध्ये ७३ प्रतिशत बालबालिकाका आमाबाबु भए पनि बालगृहमा राखिएको छ । सडक बालबालिकाको संख्या भने नेपालमा ५ हजार रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्