१ भाद्र २०८२, आइतबार | Mon Aug 18 2025


‘इँटा उद्योगमा सबैभन्दा बढी बालश्रमिक’


0
Shares

काठमाडौं, मंसिर २ । बालश्रम अन्त्यका लागि साझा प्रयास आवश्यक भएकोमा सरोकारवालाहरुले जोड दिएका छन् ।

‘वेटर ब्रिक नेपाल’ले विहीबार राजधानीमा गरेको कार्यक्रममा सरोकारवालाहरुले अझैपनि इँटाभट्टा, रेस्टुरेन्ट, यातायात र निर्माण क्षेत्रमा बालश्रमिक रहेको भन्दै अन्त्यको लागि एकजुट हुनुपर्ने बताएका हुन् ।

इँटा उद्योगमा सबैभन्दा बढी बालश्रमिक रहेको उनीहरुको भनाइ थियो ।

नेपालमा रहेका झन्डै १५ सय इँटाभट्टामध्ये ८ ओटामात्र बालश्रम मुक्त रहेको बताइएको छ ।

केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले इँटाभट्टाबाट निस्कने धूवाँ–धुलोले बालमस्तिष्कमा असर पुर्‍याउने भन्दै यस क्षेत्रलाई बालश्रममुक्त बनाउनुपर्नेमा जोड दिए ।

बाल श्रमसम्बन्धी ऐन, कानुन निर्माण भएपनि प्रभावकारी कार्यान्वयनको खाँचो रहेको उनको भनाइ थियो ।