२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


फाल्गुनन्द गोल्डकप पुस ८ देखि, विजेतालाई साढे दुई लाख


0
Shares

जितेन्द्र भण्डारी (इमेज)
पाँचथर, मंसिर २ । अन्तर्राष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करण पुस ८ गतेदेखि हुने भएको छ ।

राष्ट्रिय विभूति किराँत धर्मका प्रणेता फाल्गुनन्द लिङ्देनको स्मृतिमा पाँचथर सदरमुकाम फिदिममा प्रत्येक वर्ष यो प्रतियोगिता हुँदै आएको छ ।

पुस १७ गतेसम्म सन्चालन हुने प्रतियोगितामा भुटान, सिक्किम र दार्जिलिङसहित नेपालका काठमाडौं, सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर र ताप्लेजुङका गरी १० टोलीले सहभागिता जनाउने जनाइएको छ ।

प्रतियोगिता विजेता टोलीले २ लाख ५० हजार र उपविजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।