१ भाद्र २०८२, आइतबार | Mon Aug 18 2025


गाउँपालिकाको विरोधमा प्रदर्शन


0
Shares

धादिङ, मंसिर २ । धादिङका विभिन्न गाविसका बासिन्दाले स्थानीय निकाय पुनःसंरचना आयोगले गरेको प्रस्तावप्रति असन्तुष्टि जनाएका छन् ।

असन्तुष्ट गाविसका बासिन्दाले विहीबार जिल्ला विकास समितिमा धर्ना दिए । उनीहरुले भूगोलको आधारमा वैज्ञानिक तवरबाट सबैलाई पायकपर्ने गरी गाउँपालिका बनाउन माग गरेका छन् ।

जिल्लाका नलाङ, मैदी र कुम्पुर गाविसका स्थानीयले आफूहरुलाई पायकपर्ने स्थानको गाउँपालिका माग गरेका हुन् ।

कुम्पुरलाई गजुरीमा समावेश गर्नुपर्ने माग गरिएको छ भने मैदीलाई शिद्धलेखमा मिलाउन माग गरिएको छ ।