२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


हरिसिद्धिमाथि सामाखुसीको विशाल जित


0
Shares

काठमाडौं, मंसिर २ । राजधानीमा जारी रेडबुल फुटसल लिगअन्तर्गत् विहीबार भएका खेलहरुमा सामाखुसी फुटसल र ढुकु फुटसल हब विजयी भएका छन् ।

समूह ‘बी’को खेलमा सामाखुसीले घरेलु ‘फिल्ड’मा हरिसिद्धि फुटसलमाथि १२–२ को विशाल जित हासिल गरेको हो ।

विहीबारै भएको समूह ‘ए’को खेलमा ढुकु फुटसल हबले चौर रिक्रियस्नल सेन्टरलाई ९–५ ले पाखा लगायो ।

ढुकु फुटसलको फिल्डमा भएको खेलमा चौरका सन्जोग महर्जन एक्लैले चार गोल गरेपनि त्यसले टोलीको हार भने टार्न सकेन ।