१ भाद्र २०८२, आइतबार | Mon Aug 18 2025


लोकमानका ज्वाइँ थापाद्वारा सर्वोच्चमा लिखित जवाफ पेस


0
Shares

काठमाडौं, मंसिर २ । सर्वाेच्च अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीका घरमा म्याद तामेली गर्न जाँदा अवरोध गरेको आरोप लागेका प्रबल थापाले विहीबार लिखित जवाफ पेस गरेका छन् ।

कार्कीका कान्छा ज्वाइँसमेत रहेका थापाले अदालतको न्याय सम्पादनमा अवरोध गरेको जनाउँदै अदालतले एक हप्ताभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।

लिखित जवाफमा विपक्षीले आफूलाई झूटो आरोप लगाएको र आफू नेपाली कांग्रेसको प्रतिनिधिसमेत भएको हुँदा राजनीतिक व्यक्तित्वले यस्तो काम गर्न नसक्ने उल्लेख छ ।

सोही विषयमा कार्कीले पनि लिखित जवाफ पेस गरिसकेका छन् । रासस