१६ भाद्र २०८२, सोमबार | Mon Sep 1 2025


कति निर्दयी छन् मान्छे ! एक महिलाको पीडामा रमिता हेर्नेको भीड, सहयोग गर्ने कोही छैन


0
Shares

हैदरावाद, मंसिर ३ । भारतको एउटा अस्पतालमा एक महिलाले आफ्नो पतिलाई हात समातेर घिसारेको दृष्य यतिबेला भारतीय सामाजिक संजाल तथा संचारमाध्यममा निकै चर्चित बनिरहेको छ ।

आन्ध्रप्रदेश राज्यको अनन्तपुर जिज्लास्थित सरकारी अस्पतालमा श्रीवाणी नाम गरेकी ती महिलाले आफ्नो पतिलाई हात समातेर घिसारेकी हुन् । उनका पति श्रीनिवाससाचार्य लामो समयदेखि खुट्टामा इन्फेक्सनका कारण हिँड्न नसक्ने अवस्थामा छन् ।

पतिको उपचारका लागि अस्पतालमा ल्याएकी श्रीवाणीलाई अस्पताल प्रशासनले पतिलाई पहिलो तल्लामा लैजान भनेको थियो । भुइँतल्लामै उपचार गराइरहेकी उनले पतिलाई अस्पतालको पहिलो तल्लामा लैजान स्टेचर वा ह्वील चेयरको माग गरिन् ।

लामो सयमसम्म पनि उनलाई कसैले ह्वील चेयर वा स्टेचर उपलब्ध गराएन । पतिलाई बोकेर लैजान नसक्ने भएपछि उनले एउटा हात समातेर घिसार्दै पहिलो तल्लासम्म पुर्‍याएकी हुन् ।

श्रीवाणी भन्छिन्, ‘मलाई कसैले मद्दत गरेन, सबैले रमिता हेरिरहेका थिए ।’

उनले पतिलाई घिसारिरहेको दृष्यलाई एकजनाले भिडियो बनाइरहेका थिए । उनले सोशल मिडियामा सो भिडियो राख्नासाथ भारतभर भाइरल भएको हो ।

अस्पताल प्रशासनले उक्त घटना छानविनको आदेश दिएको छ । (एजेन्सी)