काठमाडौं, चैत १३ । क्रोएसियामा हुने आइएसएफ विश्व स्कुल च्याम्पियनपसिप १५ वर्षमुनिको छात्रा भलिबल प्रतियोगितामा सहभागिता जनाउन जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।
१४ सदस्यीय टोलीलाई बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले बिदाइ गरे ।
नेपाली भलिबलको इतिहासमा नेपालले पहिलोपटक यो प्रतियोगितामा भाग लिन लागेको हो ।
प्रतियोगितामा नेपालसहित चीन, चाइनिज ताइपेइ, बुल्गेरिया, चिली, क्रोएसिया, फ्रान्स, इस्टोनिया, हंगेरी, मेसिडोनिया, नेदरल्यान्ड्स, स्पेन, युक्रेनलगायत २२ राष्ट्रहरुको सहभागिता रहनेछ ।
सहभागी टोलीको नेतृत्व नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्कीले गर्नेछन् ।
प्रतियोगिता यही चैत १६ गतेदेखि सुरु हुनेछ । नेपाली टोली चैत १५ गते त्यसतर्फ प्रस्थान गर्नेछ ।








प्रतिक्रिया दिनुहोस्