फाइल फोटो
काठमाडौं, मंसिर ३ । व्यवस्थापिका–संसदको शुक्रबारको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद डा. ल्यारक्याल लामाले विशेष अदालतबाट सफाइ पाएकोबारे जानकारी गराइएको छ ।
सभामुख ओनसरी घर्तीले गत कात्तिक ३० गते अदालतको फैसलाबाट लामाले सफाइ पाएकाले उनको सांसद पदको निलम्बन फुकुवा भएको जानकारी दिइन् ।
बैंकको लकरमा अवैध हतियार भेटिएको भन्दै लामामाथि मुद्दा दायर भएको थियो ।
बैठकमा सभामुख घर्तीले राष्ट्रपतिले विभिन्न विधेयक प्रमाणीकरण गरेकोसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएकी थिइन् । रासस









प्रतिक्रिया दिनुहोस्