काठमाडौं, चैत १३ । सशस्त्र प्रहरीको एपीएफ क्लब र न्यू डाइमन्ड एकेडेमी सशस्त्र प्रहरी महानिरीक्षक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बुधबार हल्चोकस्थित सशस्त्र प्रहरी बलको कोर्टमा भएको खेलमा न्यू डायमन्डले जावलाखेल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा पराजित गर्यो ।
न्यू डाइमन्डले जावलाखेललाई २५–१०, २५–५ र २५–७ को स्कोरले हरायो ।
बुधबारै भएको अर्को खेलमा आयोजक सशस्त्रले ढोरपाटन भलिबल ट्रेनिङ सेन्टरमाथि ३–० को सोझो सेटमा सहज जित हासिल गर्यो ।
तुलनात्मकरुपमा कमजोर मानिएको ढोरपाटनलाई सशस्त्रले २५–१, २५–१० र २५–२ ले हराएको हो ।
न्यू डाइमन्ड र सशस्त्रले लगातार दुई खेलमा जित निकाल्दै समान ६/६ अंक बनाएका छन् ।
लगातार दोस्रो हार व्यहोरेका जावलाखेल र ढोरपाटन भने खाता नै नखोली प्रतियोगिताबाट बाहिरिएका छन् ।








प्रतिक्रिया दिनुहोस्