Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


साँच्चैको नेपालीले जे भन्छ, एमालेले त्यही गर्छ : ओली


0
Shares

काठमाडौं, मंसिर ३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको सन्दर्भमा एमाले जनचाहनाअनुरुप नै अघि बढ्ने बताएका छन् ।

शुक्रबार राजधानीमा गायक बैकुण्ठ महतको राष्ट्रियगीत ‘हाम्रो नेपाल हामी नेपाली’को भिडियो विमोचनमा उनले संविधान संशोधनको सन्दर्भमा एमालले जनचाहनाअनुसार निर्णय लिने बताएका हुन् ।

कार्यक्रममा उनले ‘नेपाली नागरिकता लिएर अरुका लागि काम गर्ने नेपाली होइन, साँच्चैको नेपालीले जे भन्छ, एमालेले त्यही गर्छ’–भने ।

भिडियो सार्वजनिक गरिएको राष्ट्रियगीतमा रचना र स्वर गायक महत र गायिका पूर्णकला बीसीको रहेको छ ।

Skip This