Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


सांसदले सोधे–‘के कारणले महाअभियोगमाथिको छलफल लम्बियो ?’


0
Shares

काठमाडौं, मंसिर ३ । नेपाली कांग्रेसका सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथिको महाअभियोग प्रस्तावलाई जतिसक्दो चाँडो अघि बढाउन माग गरेका छन् ।

व्यवस्थापिका–संसदको शुक्रबारको बैठकमा बोल्दै कांग्रेस सांसदहरुले ‘के कारणले महाअभियोगमाथिको सैद्धान्तिक छलफल लम्बिएको हो ?’ भन्ने प्रश्न गरेका थिए ।

कांग्रेस संसाद राधेश्याम अधिकारीले जतिसक्दो चाँडो सो प्रस्तावको टुंगो लगाइ महाअभियोग समितिमा पठाउन माग गरे ।

त्यस्तै, नेकपा एमालेका सांसद अमृत बोहराले ‘साँढे प्रवृत्ति देखाएकाले लोकमानलाई कारबाही गर्नुपरेको’ तर्क गरे ।

नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डलले पनि कार्कीको माथि आएको महाअभियोग प्रस्ताव जायज भन्दै तत्काल कारबाही अघि बढाउनुपर्ने बताए ।

यसअघि, संसद बैठकको विशेष र शून्य समयमा बोल्दै सांसदहरुले गाउँपालिकाको केन्द्र तोक्न स्पस्ट मापदन्ड बनाउनुपर्ने, भूकम्पपीडितलाई दिइने अनुदानलाई व्यवस्थित बनाउनुपर्ने, निर्वाचनको सुनिजश्चिताका लागि संविधान संशोधनको प्रस्ताव अघि बढाउनुपर्नेलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

शुक्रबारको बैठकमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले कम्पनी पहिलो संशोधन विधेयक २०७३ प्रस्तुत् गरेका थिए ।

Skip This