२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


तीनकुनेमा बसको ठक्कर, मोटरसाइकलचालकको मृत्यु, बसचालक फरार


0
Shares

                                                                                फाइल फोटो
काठमाडौं, मंसिर ३ । कामपा–३५ बानेश्वर, तीनकुनेमा बा३ख २०५६ नम्बरको बसले बा२६प ४३३८ नम्बरको मोटरसाइकललाई शुक्रबार ठक्कर दिँदा चालक काभ्रे, नाला–३ का ४७ वर्षीय हरिगोपाल श्रेष्ठको मृत्यु भएको छ ।

गम्भीर घाइते भएका श्रेष्ठको उपचारका लागि निजामती अस्पताल मीनभवन लगिएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस नियन्त्रणमा लिएर प्रहरीले फरार चालकको खोजतलास गरिरहेको छ । रासस