
काठमाडौं, मंसिर ३ । भारतविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा इंग्ल्यान्डले कमजोर ब्याटिङ प्रदर्शन गरेको छ ।
विशाखापट्नममा जारी खेलमा इंग्ल्यान्डले शुक्रबार दोस्रो दिनको समाप्तिसम्म १०३ रन जोड्दा ५ विकेट गुमाइसकेको छ ।
जो रुटले ५३ रन जोडेको इनिङमा भारतका अलराउन्डर रविचन्द्रन आश्विनले २ विकेट लिइसकेका छन् । इंग्ल्यान्ड अझै ३५२ रनले पछाडि छ ।
यसअघि, भारतले पहिले ब्याटिङ गर्दै कप्तान विराट कोहली र चेतेश्वर पुजाराको शतकको मद्दतले ४५५ रन बनायो । कोहलीले १६७ तथा पुजाराले ११९ रन जोडे । आश्विनले ५८ रन बनाए ।
पहिलो टेस्ट भने बराबरीमै सकिएको थियो ।
प्रतिक्रिया दिनुहोस्