
काठमाडौं, मंसिर ३ । राजधानीमा जारी रेडबुल फुटसल लिगअन्तर्गत् शुक्रबार भएको समूह ‘ए’को खेलमा इम्पेरियल फुटसलले रजनी फुटसललाई ९–५ गोल अन्तरले पराजित गरेको छ ।
इम्पेरियल फुटसलको ‘फिल्ड’ कौशलटारमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन सुरेन्द्र बुढाथोकी र सुमेर थापाले ह्याट्रिक गरे ।
यस्तै, दीपक घिसिङले २ गोल गर्दा किसन अधिकारीले अर्को एक गोल थपे ।
यो जितसँगै इम्पेरियलले अंकतालिकामा ८ खेलबाट ९ अंक बटुलेको छ ।
प्रतिक्रिया दिनुहोस्