२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


साफ च्याम्पियनसिप महिला फुटबलः नेपालको पहिलो भिडन्त भुटानसँग


0
Shares

काठमाडौं, मंसिर ३ । भारतको सिलिगुढीमा हुने साफ च्याम्पियनसिप महिला फुटबलमा नेपाल समूह ‘ए’मा परेको छ ।

आगामी पुस ११ गतेदेखि हुने प्रतियोगिताका लागि दक्षिण एसियाली फुटबल महासंघको मुख्यालय बंगलादेशको ढाकामा गरिएको ‘ड्र’अनुसार नेपालको समूहमा माल्दिभ्स, श्रीलंका र भुटान रहेका छन् ।

त्यसैगरी, साविक विजेता भारत, बंगलादेश र अफगानिस्तान समूह ‘बी’मा परेका छन् ।

उद्घाटन खेलमा नेपालको भिडन्त पुस ११ गते नै भुटानसँग हुनेछ ।

प्रतियोगिताका लागि नेपाली टिमले कुमार थापाको प्रशिक्षणमा तयारी थालिसकेको छ ।

७२ खेलाडीबाट ५२ जना छानेर प्रशिक्षण भइरहेको छ । जसमा नेपाललाई १२औं सागमा रजतपदक दिलाउन सफल २० खेलाडी पनि रहेका छन् ।