२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


मानव जाति लोप हुने खतरामा, पृथ्वी जस्तै अर्को ग्रह आवश्यक


0
Shares

काठमाडौं, मंसिर ४ । मानव जाति आफ्नै कारण क्रमशः संकटमा पर्दै गएको चेतावनी चर्चित भौतिशास्त्री वैज्ञानिक स्टेफेन हकिंग्सले दिएका छन् ।

उनले अब मानवजातिले आफ्नो अस्तित्व बचाउने हो भने आगामी एक हजार वर्षभित्र पृथ्वी जस्तै अर्को वासस्थान खोज्नु पर्नेछ सल्लाह दिएका छन् ।

जुन तिब्र गतिमा पृथ्वीमा रहेका स्रोतको प्रयोग र उपभोग गरिएको छ त्यसले झन् तिब्र गतिमा संकट निम्त्याएको चेतावनी वैज्ञानिक हकिंग्सले दिएका हुन् ।

मानवजातिको निरन्तरता खोज्ने हो भने आगामी एक हजार वर्षभित्र पृथ्वी जस्तै अर्को ग्रहमा मानव बस्ती बसाउनुको विकल्प छैन हकिंग्सले भनेका छन् ।

७४ वर्षीय वैज्ञानिक हकिंग्सले अक्सफोर्ड विश्वविद्यालयले गरेको एक कार्यक्रममा पृथ्वीको मात्र भर पर्ने हो भने मानवजाति लोप हुन कसैले रोक्न नसक्ने खतरा औल्याएका हुन् ।

एकै पटक कुनै समय पृथ्वीमा दुर्घटना हुने भन्दा पनि, क्रमशः आगामी एक हजार वा दस हजार वर्षमा त्यस्तो दुर्घटना हुने उनको भनाइ छ । (एजेन्सी)