डडेल्धुरा, मंसिर ४ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले संबिधान संशोधनको विषय सहमति नजिक पुगेको बताएका छन् ।
नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मधेसी मोर्चाको जायज मागलाई सम्बोधन गरि संबिधान संशोधन सहित निर्वाचनको तयारी गरिने बताए ।
देउवाले राज्य पुर्नसंरचनाको विषयमा बिबाद नआए पुरानै व्यवस्था अनुसार स्थानीय निर्वाचन गर्नु आवश्यक रहेको जिकिर गरे ।
भारु नोटको प्रसंगमा बोल्दै देउवाले आफूले नेपालीको समस्यालाई गम्भीरतापूर्वक लिएको र समाधानका लागि आफ्नो स्तरबाट पहल गरिरहेको पनि बताए । देउवा सुदूरपश्चिम क्षेत्रीय महोत्सवको उद्घाटनका लागि डडेल्धुरा पुगेका हुन् ।









प्रतिक्रिया दिनुहोस्