
काठमाडौं, मंसिर ४ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकार सञ्चालनका लागि अत्यावश्यक मानिने महान्यायाधिवक्ता र अनुसन्धान एजेन्सी सीआईएको अध्यक्षमा आफूनिकटलाई छानेका छन् ।
उनले दुई कट्टर रिपब्लिकन नेतालाई महान्यायाधिवक्ता र अनुसन्धान एजेन्सी सीआईएको अध्यक्षमा चुनेका हुन् ।
अलाबामाबाट सिनेटर जेफ सेशन्सलाई महान्यायधिवक्ता पदमा चयन गरिएको हो । सेशन्स विश्वस्तरका कानूनी विज्ञ मानिन्छन् ।
सन् १९८० मा नश्लवादी टिप्पणी गरेका कारण सेशन्सलाई कांग्रेसले संघीय न्यायाधीश बनाउन अस्वीकार गरेको थियो ।
यसैगरी ट्रम्पले क्यानसबाट ‘टी पार्टी’ अभियानसँग सम्बन्धित रहेका माइक पोपेयलाई भने अनुसन्धान एजेन्सी सीआईएको अध्यक्ष पदका लागि चयन गरेका छन् ।
यसअघि ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारमा भने सेवानिवृत्त जनरल माइकल फ्लिनलाई छानेका थिए । फ्लिन मुसलमान विरोधी मत राख्ने ब्यक्ति मानिन्छन् ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्