२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


कार दुर्घटनामा दुईको मृत्यु


0
Shares

हेटौँडा, मङ्सिर ४ । काठमाडौँबाट हेटौँडातर्फ आइरहेको बा ३ च ९२८९ नं को कार भीमफेदी–कुलेखानी सडकखण्डको चुरीखेतमा आज बिहान दुर्घटना हुँदा उक्त कारमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक पुरुष र एक महिला रहेका छन् । उनीहरुको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक वासुदेव थापाले बताए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका अन्य तीन जनालाई उपचारका लागि हेटौँडातर्फ पठाइएको प्रहरीले जनाएको छ ।

तीव्र गतिका कारण कार दुर्घटनामा परेको बताइएको छ । कार सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ । रासस