Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


६ र ७ गते मुख्य तीन दलबीच गम्भीर छलफल : पुन


0
Shares

विराटनगर, मंसिर ४ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले मंसिरको पहिलो साताभित्रै संविधान संशोधनका लागि संसदमा प्रस्ताव पेस हुने बताएका छन् ।

उनले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच सहमति गराएरै संविधान संशोधन प्रस्ताव संसदमा पेस हुने जानकारी दिए ।

शनिबार विराटनगर विमानस्थलमा सन्चारकर्मीसँग कुरा गर्दै नेता पुनले संविधान संशोधनका लागि मंसिरको ६ र ७ गते मुख्य तीन दलबीच गम्भीर छलफल हुने र त्यसपछि संसदमा दर्ता गरिने बताए ।

उनले संविधान कार्यान्वयका लागि स्थानीयदेखि प्रादेशिक र केन्द्रका निर्वाचन गराउनु दलहरुको मुख्य जिम्मेवारी भएको पनि बताए ।

Skip This