
काठमाडौं, चैत १३ । नेपाल बार एसोसिएसनको यही चैत १६ गते हुने निर्वाचनमा उम्मेदवारी दिएकाहरुले चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष पदका उम्मेदवारहरुले आफ्नो प्यानलको नामसँगै घोषणपत्रबारे जानकारी गराएका हुन् ।
बारको आगामी अध्यक्ष पदका लागि तोयानाथ ढुंगेल, विराटकुमार न्यौपाने, पुण्यप्रसाद खतिवडा, रामप्रसाद प्रजापति, कृष्णप्रसाद शर्मा, सुनिल पोखरेल र चण्डेश्वर श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
उम्मेदवारहरुले नेपाल बार सरकारको प्रवक्ता र अदालतको साक्षी भएर काम गर्ने वातावरण अन्त्य गराउने, १७ हजार कानुन व्यवसायीको हक–हितका लागि काम गर्ने र न्यायपालिकामा हुने हस्तक्षेप अन्त्य गराउनेलगायतका प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्