
काठमाडौं, मंसिर ४ । धार्मिक तथा ऐतिहासिक सम्पदा पुनःनिर्माण गर्ने काम अहिले भइरहेको छ ।
सोहीक्रममा गतवर्षको भूकम्पले क्षति पुर्याएको काठमाडौंको क्वाबहाः टोलस्थित मैत्रीपुर महाविहार पनि बन्ने भएको हो ।
जनस्तरको आर्थिक सहयोगमा सो महाविहारको पुनःनिर्माण गर्न लागिएको हो ।
महाविहार पुनःनिर्माणका लागि शनिबार विभिन्न क्षेत्रका विज्ञ सम्मिलित छलफल गरियो ।
कार्यक्रममा महाविहार पुनःनिर्माणका लागि बज्राचार्य क्लबले १ लाख ७० हजार तथा ललितपुरको युवक बौद्ध मण्डलले १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।
कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर–७ का सांसद रामवीर मानन्धर, लुम्बिनी विश्वविद्यालयका उपकुलपति प्रा.डा. नरेशमान बज्राचार्य, पूर्वसांसद लक्ष्मीदास मानन्धर, काठमाडौं महानगरपालिका, पुरातत्व विभाग, हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका प्रतिनिधि सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्