Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


सात प्रदेशले मुलुकको समस्या समाधान गर्न सक्दैन, बढाउनुपर्छ : यादव


0
Shares

                                                                                   फाइल फोटो
काठमाडौं, मंसिर ४ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्दा प्रदेशलाई अधिकारसम्पन्न र स्वायत्त बनाउनुपर्ने बताएका छन् ।

शनिबार रिपोर्टर्स् क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले राज्य पुनःसंरचना आयोगको प्रतिवेदन, अन्तरिम संविधानमा भएको व्यवस्था र विगतमा सरकारसँग भएको सम्झौताका आधारमा संविधान संशोधन हुनुपर्ने माग गरे ।

अध्यक्ष यादवले थरुहटलाई मधेसमा राख्नुपर्ने बताउँदै पहाडमा पहिचान र सामथ्र्यका आधारमा जनतालाई अधिकार दिनुपर्ने विचार व्यक्त गरे ।

उनले सात प्रदेशले मुलुकको समस्या समाधान गर्न नसक्ने बताउँदै त्यसलाई बढाउनुपर्ने र कुनैपनि प्रदेशको प्रतिनिधित्व खाली नहुने गरी राष्ट्रियसभामा प्रतिनिधित्व गर्नुपर्नेमा जोड दिए ।

उनले अंगीकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, सुरक्षा निकायको प्रमुख र संवैधानिक अंगको प्रमुख बनाउने माग मोर्चाको नभएको बताउँदै सबै भाषा, संस्कृतिको संरक्षण गर्नुपर्ने बताए । रासस

Skip This