फाइल फोटो
लुम्बिनी, मंसिर ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच नम्बर प्रदेशलाई छुट्याउन नहुने बताएका छन् ।
प्रेस चौतारी नेपाल रुपन्देहीले शनिबार बिहान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पाँच नम्बर प्रदेश छुट्याउनुपर्ने कुनैपनि माग जनताले नराखेकाले छुट्याउन नहुने बताए ।
‘पहाड र मधेसका जिल्ला जोडिएकै कारण पाँच नम्बर प्रदेशलाई छुट्याउनुपर्दछ भन्ने जबर्जस्ती माग कतिपय पक्षको छ’–अध्यक्ष ओलीले भने–‘मैले सोध्ने गरेको छु, यो माग कसको हो, पाँच नम्बर प्रदेशलाई किन छुट्याउनुपर्छ, यसबाट के प्राप्त हुन्छ, यी प्रश्नको उत्तरबिना आएको यो मागको सर्मथन कसरी गर्ने ?’
उनले प्रदेश नम्बर पाँचलाई कुनैपनि हालतमा छुट्याउन नसकिने उल्लेख गर्दै यस्ता मागका पछाडि नलाग्न सबैमा आग्रह गरे ।
अध्यक्ष ओलीले कुनैपनि मुलुकमा अंगीकृत नागरिकताधारीले संवैधानिक अंगको प्रमुख बन्न पाउने प्रावधान नभएकाले नेपालमा पनि अंगीकृत नागरिकताधारीलाई संवैधानिक अंग प्रमुख बनाउन नसकिने स्पस्ट पारे । रासस









प्रतिक्रिया दिनुहोस्