१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


आतंककारीद्वारा तीन भारतीय सैनिक मारिए


0
Shares

गुवाहाटी (भारत), मंसिर ४ । भारतको उत्तरपूर्वी राज्य असाममा शनिबार सैनिकको एक जत्थालाई लक्ष्यगरी भएको एम्बुस आक्रमणमा तीन सैनिकको मृत्यु हुनुको साथै अरु चार घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।

असाम राज्यको तीनसुकिया जिल्लाको डिग्बोई सरहमा सो आक्रमण भएको एक वरिष्ठ प्रहरी अधिकारीले एएफपी समाचार समितिलाई बताएका छन् ।

आक्रमणको क्रममा दोहोरो झडपसमेत भएको र त्यसैक्रममा तीन सैनिकको मृत्यु भएको वरिष्ठ प्रहरी अधिकारी मुकेस अगरवालले बताएका छन् ।

स्थानीय सचारमाध्यमका अनुसार आतंककारीहरुले हातहतियारलगायत रकेट, ग्रीनेड र एके–४७ राइफलसमेत प्रयोग गरेर आक्रमण गरेका जनाइएको छ । यस आक्रमणको हालसम्म कुनैपनि समूहले जिम्मा लिएको छैन् ।

तर, प्रहरीका अनुसार यस प्रकारको एम्बुस आक्रमण युनिटेड लिबेरसन फ्रन्ट अफ आसोम (युएलएफए)ले गर्दै आएको हुनाले यस आक्रमणमा पनि यसै समूहको हात रहेको अनुमान गरिएको छ ।

तेलधनी क्षेत्र आसाममा स्वतन्त्र गृहभूमिका लागि लडाइँ गरिरेहका कैयौं समूहहरुमध्ये युएलएफए पनि एक हो ।

सन् २०११ मा युएलएफएले ३३ वर्षसम्म जारी राखेको विद्रोहलाई अन्त्य गर्न भारतीय सरकारसँग शान्तिवार्ता गर्ने घोषणा गरेको थियो । रासस/एएफपी