Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


अनेरास्ववियुको कार्यविभाजन विवाद अझै मिलेन


0
Shares

                                                                              फाइल फोटो

काठमाडौं, मंसिर ४ । नेकपा एमालेनिकट अनेरास्ववियुको कार्यविभाजनसम्बन्धी विवाद अझै मिल्न सकेको छैन ।

पार्टीले अनेरास्ववियुको कार्यविभाजनसम्बन्धी विवाद मिलाउने जिम्मा विद्यार्थी इन्चार्ज तथा केन्द्रीय सदस्य रवीन्द्र अधिकारीलाई दिएपनि विवाद अझै नमिलेको अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले शनिबार जानकारी गराए ।

विवाद मिलाउन पटक–पटक बैठक बसे पनि मिल्न नसकेको उनले बताए । विवादका कारण महाधिवेशन भएको आठ महिना भएपनि अखिलका सचिवालय र केन्द्रीय सदस्यको कार्यविभाजन अझै हुन सकेको छैन ।

अनेरास्ववियुको विधानअनुसार १५ विभाग हुने व्यवस्था भएपनि अध्यक्ष नवीना लामाले २२ विभाग गठन गरेपछि विवाद भएको थियो ।

अध्यक्ष लामाले विवाद मिलिसकेको भन्दै महासचिव ऐन महरबाहिर रहेकाले पूर्णता दिन नसकेको बताइन् ।

‘२२ ओटा विभागबाट विधानअनुसार १५ विभागमा झारेर विवाद मिलाइएको छ’–उनले भनिन्–‘अब चाँडै पदाधिकारी बैठकबाट कार्यविभाजनको विवाद मिलाउँछौं ।’

अध्यक्ष नवीना लामा र महासचिव ऐन महरबीच कार्यविभाजनसम्बन्धी विवाद हुँदा अझै समाधान हुन नसकेको हो ।

महरले एकपक्षीयरुपमा अध्यक्ष लामाले कार्यविभाजन गरेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।

अध्यक्ष लामाले सचिवालय सदस्य र केन्द्रीय सदस्यको कार्यविभाजन भएपछि पदाधिकारी र प्रदेशको विभाजन गरिने बताइन् । रासस

Skip This