
काठमाडौं, मंसिर ४ । अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले ट्रम्प विश्वविद्यालयसँग सम्बन्धित मुद्दा मिलाउन २ करोड ५० लाख अमेरिकी डलर तिरेका छन् ।
क्यालिफोर्निया र न्यूयोर्कमा ट्रम्प विश्वविद्यालयले विद्यार्थीहरुलाई झुक्याएको र आफ्ना वाचाहरु पूरा नगरेको आरोप लगाइएको थियो ।
न्यूयोर्कका महान्यायाधीवक्ता एरिक स्नाइडरम्यानले ट्रम्पले तीनओटा मुद्दा मिलाउन २ करोड ५० लाख डलर तिरेको बताएका छन् । ट्रम्प विश्वविद्यालयका पूर्वविद्यार्थीहरुले मुद्दा हालेका थिए ।
चुनावी अभियानका क्रममा भने ट्रम्पले मुद्दा नसुल्झाउने अभिव्यक्ति दिँदै आएका थिए ।
न्यूयोर्कका महान्यायाधीवक्ता स्नाइडरम्यानले ट्रम्पको कदमले ६ हजार पीडित विद्यार्थीको ठूलो जित भएको प्रतिक्रिया दिएका छन् ।
ट्रम्पविरुद्धको एक अर्को मुद्दामा सान डियागोमा अबको १० दिनमा सुनुवाइ हँुदैछ । तर, त्यसलाई पछाडि धकेल्न ट्रम्पका वकिलहरुले प्रयास गरिरहेको बताइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्