
काठमाडौं, मंसिर ४ । राजधानीमा जारी रेडबुल फुटसल लिगअन्तर्गत् शनिबार भएका खेलहरुमा बानेश्वर रिक्रियस्नल सेन्टर र शंखमूल फुटसल विजयी भएका छन् ।
समूह ‘बी’को खेलमा बानेश्वरले ह्वाइटहर्स फुटसललाई ३–२ ले पराजित गर्यो ।
शनिबारै भएको समूह ‘बी’को खेलमा शंखमूल फुटसलले कीर्तिपुर फुटसल माथि १५–३ को फराकिलो जित हासिल गर्यो ।
खेलमा शंखमूलका लागि सन्जोग चाम्लिङ राई र शेरबहादुर थापामगरले ४–४ गोल गरे ।
प्रतिक्रिया दिनुहोस्