
झापा, मंसिर ४ । सुरुंगा–११ लाई हराउँदै नेपाल पुलिस क्लब झापाको सुरुंगामा जारी सहारा-सुरुंगा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको उद्घाटन खेलमा आयोजक सुरुंगामाथि पुलिस क्लबले ४–० को जित निकालेको हो ।
पुलिसको जितमा दिनेश गुरुङ, तेज तामाङ, निरकुमार राई र जुमनु राईले एक–एक गोल गरे ।
खेलको ‘म्यान अफ द म्याच’ पुलिसका निलकुमार राई घोषित भए ।
प्रतियोगिताअन्तर्गत् आइतबार त्रिभुवन आर्मी क्लब र रुपन्देही–११ भिड्नेछन् ।
आठ टोली सहभागी प्रतियोगिताको विजेताले ३ लाख ५१ हजार १११ र उपविजेताले २ लाख ५१ हजार १११ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्