काठमाडौं, मंसिर ४ । यो साता पनि शेयर बजार परिसूचक नेप्से उच्च अंकको गिरावट आयो ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४२ अंकले घटेर अन्तिम दिन १६ सय ५८ अंकमा आइपुग्यो । गत साता पनि नेप्से ५२ अंकले ओर्लिएको थियो ।
यो साता उत्पादनमूलकबाहेक अरु कारोबार भएका सबै समूहमा उच्च अंकको गिरावट आयो । बीमा समूह सबैभन्दा उच्च १ सय ५९ अंकले घट्यो । यस्तै, जलविद्युत् समूह १ सय १८ अंकले, विकास बैंक ५८ अंकले र वाणिज्य बैंक समूहमा पनि ४४ अंकको गिरावट आयो । उत्पादनमूलक समूह समूहमा भने साढे १६ अंकले सुधारियो ।
यो साता कारोबार परिमाणमा भने बृद्धि आयो । १ सय ५३ कम्पनीहरुको पाँच अर्ब दुई करोड ५४ लाख रुपैयाँ बराबरका ५२ लाख ८७ हजार कित्ता सेयरहरु खरिद–बिक्री भए ।
गत साता १ सय ४६ कम्पनीहरुको दुई अर्ब ८४ करोड ५३ लाख रुपैयाँ बराबरका ४० लाख कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए । कारोबार रकम गत साताको तुलनामा ७६ प्रतिशतले बढी हो ।
यो साता कारोबार रकम र कारोबार संख्याको आधारमा एभरेस्ट बैंक एवं कारोबार भएको सेयर संख्याको आधारमा सिभिल बैंक अग्रस्थानमा रहे ।
कारोबार रकमकै आधारमा एभरेष्ट बैंकलाई नेसनल लाइफ इन्स्योरेन्स कम्पनी, शिखर इन्स्योरेन्स कम्पनी, सिद्धार्थ बैंक र बैंक अफ काठमाडौं, लुम्बिनीले क्रमशः पच्छ्याउन पुगे ।





प्रतिक्रिया दिनुहोस्