काठमाडौं, मंसिर ४ । अन्तर्राष्ट्रिय बजार भाउ पच्छ्याउँदै स्थानीय बजारमा सुनको भाउमा सामान्य कमी आयो ।
साताभर सुनको मूल्य तोलामा ५ सय रुपैयाँले सस्तियो ।
आइतबार तोलाको ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबारसम्म ५५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, चाँदीको भाउमा पनि तोलामा २५ रुपैयाँले कमी आयो ।
आइतबार तोलाको ८ सय १० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबारसम्म घटेर ७ सय ८५ रुपैयाँमा झरेर कारोबार भएको महासंघले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्