२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


भारतीय सेनाको गोली लागेर तीन बालबालिका मारिएको पाकिस्तानको आरोप


0
Shares

इस्लामावाद, मंसिर ५ । भारत–पाकिस्तानको सीमावर्ती राज्य जम्मू–कश्मीरमा फेरि हिंसात्मक झडप भएको छ ।

भारतीय सेनाको कार्वाहीमा आफ्ना नागरिक मारिएको पाकिस्तानले जनाएको छ । नियन्त्रण रेखामा भारतीय पक्षले चलाएको गोली लागेर तीन जना बच्चा मारिएको पाकिस्तानले जनाएको हो । भारतले भने पहिले पाकिस्तानी क्षेत्रबाट गोली प्रहार गरेपछि त्यसको जवाफमा कार्वाही गरिएको दावी गरेको छ ।

पाकिस्तानले नियन्त्रण रेखा पार गरेर आफ्नो देशको सीमामा छिर्न खोज्ने भारतीय ड्रोन विमानलाई खसालेको पनि जनाएको छ । (एजेन्सी)